Latest Posts

तेस्रो कर्णाली चलचित्र कार्यशाला सम्पन्न

वीरेन्द्रनगर । तेस्रो कर्णाली चलचित्र कार्यशाला २०८१ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यशाला अवधिभर अभिनय, छायांकन तथा चलचित्र निर्माणका प्रयोगात्मक तथा सैद्धान्तिक पक्षमा शिक्षण प्रदान गरिएको थियो। साथै, स्थलमै गएर छोटो चलचित्र निर्माण गरिएको थियो, जसले प्रशिक्षार्थीहरूलाई अभिनय र चलचित्र निर्माणका आधारभूत पक्षमा थप ज्ञान दिलाएको आयोजकको विश्वास छ ।
कार्यशालाको समापन समारोहमा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी ले कर्णालीको चलचित्र क्षेत्र संस्थागत रूपमा अघि बढ्न नसकेको बताउँदै यसलाई व्यवस्थित रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले भने, ‘कार्यशालाले मात्र सबै समस्या समाधान गर्न सक्दैन । यो त आधारभूत प्रक्रिया मात्र हो। अहिले चलचित्र क्षेत्रमा व्यक्तिगत प्रयासहरू भइरहेका छन्, तर अब यसलाई संस्थागत रूपमा अघि बढाउनु आवश्यक छ ।’
मन्त्री भण्डारीले कलाकारको आत्मचेतना महत्वपूर्ण रहेको बताउँदै थपे, ‘कलाकारले सबैभन्दा पहिले आफ्नै प्रतिभा चिन्ने प्रयास गर्नुपर्छ। जब मात्र उसले कुनै क्षेत्रमा देखाएको रुचि सार्थकता पाउँछ।’
कार्यशालाका सभाध्यक्ष तथा आयोजक संस्था केबी मनोरञ्जन एन्ड ग्रुप प्रा. लि. का अध्यक्ष भूपेन्द्र खड्काले कर्णालीका कलाकारलाई आत्मनिर्भर बनाउन अझै धेरै प्रयास आवश्यक रहेको बताए । उनले भने, ‘पहिलो, दोस्रो र तेस्रो कार्यशाला सञ्चालन गर्दा धेरै चुनौतीको सामना गर्नुप¥यो। तर हाम्रो उद्देश्य सिक्ने र सिकाउने नै हो ।’
खड्काले चौथो संस्करण सञ्चालन गर्ने उत्साह रहेको बताउँदै कार्यशालाले चलचित्रमा सुधार गर्नुपर्ने पक्षहरू पहिचान गर्न सघाएको धारणा राखे । उनले थपे, ‘यस कार्यशालामा व्यवहारिक अभ्यास र सैद्धान्तिक ज्ञान दुवै प्रदान गरियो, जसले केही हदसम्म सफलता दिलाएको अनुभव भयो ।’
यसै अवसरमा कलाकार गणेशभक्त गौतमलाई ‘श्रष्टा सम्मान २०८१’ द्वारा सम्मानित गरिएको छ । केबी मनोरञ्जन एन्ड ग्रुप प्रा. लि. द्वारा प्रदान गरिएको उक्त सम्मान कर्णाली प्रदेशमै बसेर रंगकर्म, अभिनय र सिर्जनात्मक क्षेत्रमा गरेको योगदानको कदरस्वरूप प्रदान गरिएको हो।
कार्यशालामा २३ जना प्रशिक्षार्थीले ७ दिनसम्म अभिनय, छायांकन तथा चलचित्र निर्माणसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान लिएका थिए। प्रशिक्षणको सहजीकरण रङ्गकर्मी सरिता गिरी, रङ्गकर्मी गणेशभक्त गौतम, चलचित्रकर्मी यमनारायण आचार्य, तथा निर्देशक तथा छायांकार राजु केसी ले गरेका थिए ।
कार्यशालालाई केबी मनोरञ्जन एन्ड ग्रुप प्रा. लि. ले आयोजना गरेको थियो भने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय सहआयोजक रहेको थियो । नेपाल टेलिकम, एनसेल, र नविल बैंक कार्यशालाका मुख्य सहयोगी थिए ।
कार्यशालाका प्रशिक्षार्थीहरूले भविष्यमा चलचित्र क्षेत्रमा व्यावसायिक रूपमा काम गर्ने आधार तयार गरेको आयोजकको विश्वास छ। साथै, आयोजकले आगामी वर्षहरूमा पनि कार्यशालालाई निरन्तरता दिँदै कर्णालीका कलाकारहरूको क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img