Latest Posts

प्रेम भव्य हुनुपर्छ, कुनै उत्सव जस्तो!

आहिस्था कार्की

प्रेम भव्य हुनुपर्छ, कुनै उत्सव जस्तो!
गुञ्जियोस् हरेक सहर, हरेक गल्लीमा समर्पणको खबर ,
फैलियोस् हरेक दिशामा सन्देश : भव्यता शिष्टतामा हुनुपर्छ , आडम्बरमा होइन।

अनुभूत होस् हरेक दिन कुनै पर्व जस्तो : शुभ र सभ्य,
साथ एकअर्काको कुनै आराधनाको उपज जस्तो : दुर्लभ र अमुल्य
वर्णन होस् एकअर्काको बिना कुनै संकोच,
वाणी गर्वले फक्रियोस् , हीनताले होइन।

अनन्त रहोस् आकर्षण शिव पार्वती जस्तो : शुद्ध र शाश्वत
दायित्व स्वेच्छाले पूरा गरियोस् , बन्धन ले होइन
समर्थन प्रेमले होस् , बाध्यता ले होइन।

साँच्चै भव्य रहोस् मैले प्रेम गर्ने व्यक्तिको जीवन,
खुशीका हरेक रंग भरियोस्, उसकै जीवनमा,
सुखका हरेक पाना छापिउन् , उसकै जीवनकथामा,
प्रतिस्पर्धाको हरेक परिणाम रहोस् सदैव उसकै पक्षमा

अनि बृहत् रहुन सबै प्रेमकथा हरु : रंगिन र रोमाञ्चक ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img