Latest Posts

गोकर्णेश्वर नगरपालिकाद्वारा आश्रम निर्माणार्थ पाँच लाख सहयोग

दमौली (तनहुँ), १३ माघः देवघाटमा निर्माणाधीन मातापिता आश्रमका लागि काठमाडौको गोकर्णेश्वर नगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । देवघाट गाउँपालिका–५ मा निर्माणाधीन मातापिता आश्रमका लागि नगरपालिकाले आज उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

उक्त नगरपालिकाका प्रमुख दीपककुमार रिसालले आज देवघाटमा जारी महोत्सवमा उपस्थित भइ महोत्सवका सङ्कल्पकर्ता ईश्वरकृष्ण महाराजलाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको छ । नगरप्रमुख रिसालले देवघाट, मुक्तिनाथ, पशुपतिनाथ, गोकर्णजस्ता धार्मिक स्थलहरूमा आन्तरिक मात्र नभई बाह्य पर्यटकसमेत भित्र्याउनका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

वृद्ध मातापिताको सेवा गर्ने हेतुले परिकल्पित मातापिता आश्रममा तीन सय ६५ कोठा निर्माण गरिनेछ । महोत्सवमा अखण्ड हरिनाम सङ्कीर्तन, श्रीमद्भागवत महापुराण पाठपारायण, एक अर्ब रामनाम लेखन, र दीप प्रज्वलनजस्ता धार्मिक कार्यक्रम जारी छन् ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img