Latest Posts

रविको बयान सकियो, थुनछेक बहस भाेली

काठमाडौं । रुपन्देहीमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । रुपन्देहीको सुप्रिम सहकारी ठगीको मुद्दामा बुधबार बयान सकिए पनि उनको थुनछेक बहस भने बाँकी नै छ । बुधबार थुनछेक बहस हुन नसके पनि रुपन्देही जिल्ला अदालतले उनलाई भाेली (बिहीबार) उपस्थित हुने सर्तमा परिवार र वकिलको जिम्मामा छोडेको छ । यसपटक बहस नसकिंदा उनी न्यायिक हिरासतमा बस्नु परेन ।

यसअघि काठमाडौंमा भने थुनछेक बहस नसकिंदा अदालतले उनलाई हिरासतमै पठाएको थियो । रुपन्देही जिल्ला अदालतको आदेश अनुार उनलाई भाेली बिहान १० बजे अदालत उपस्थित हुनेगरी श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मामा छोडिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले सो आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत उपस्थित भएका थिए ।

बिहीबार उनको बयान सकिएको छ । मरासिनीका अनुसार आजदेखि उनको थुनछेक बहस सुरु हुनेछ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।

लामिछानेका साथै छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका थिए । जिबी भने अझैसम्म फरार छन् । मुख्य प्रतिवादी उनलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

यसअघि रवि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका थिए । यसबाहेक उनको चितवन र पर्सामा पनि पूरक उजुरी छ । त्यहाँ पनि उनि उपस्थित हुनुपर्नेछ । यसअघि ती दुवै ठाउँमा उपस्थित गराएर उनको बयान लिइएको थियो ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img