Latest Posts

सातदोबाटोको पोस्टमा पुलिसको आठ गोल

काठमाडौँ । एन्फा यू–१६ लिगमा नेपाल पुलिस क्लबले सातदोबाटो युथ क्लबमाथि फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले सातदोबाटो युथ क्लबलाई ८–० गोलअन्तरले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमै समिर कुमारले गोल गर्दै पुलिस क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको छैटौँ मिनेटमा समिर राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारेका थिए ।

खेलको ११औँ मिनेटमा समिर कुमारले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिस क्लबलाई ३–० को अग्रता दिलाए । पहिलो हाफमा ३–० को अग्रता लिएको पुलिसले दोस्रो हाफमा पाँच गोल ग¥यो । खेलको ५९औँ मिनेटमा नवीन गौतमले गोल गर्दै पुलिसलाई ४–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७२औँ मिनेटमा नवीनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ५–० को स्थितिमा पु¥याएका थिए । खेलको ७३औँ मिनेटमा किरणराज गिरीले गोल गरेपछि पुलिस ६–० को अग्रता दिलाएका थिए । खेलको ८४औँ मिनेटमा रोहन पोख्रेलले गोल गर्दै पुलिसलाई ७–० को अग्रता दिलाएका थिए । त्यसपछि इन्जुरी समयमा नवीनले ह्याट्रिक पूरा गरेपछि पुलिस क्लब सातदोबाटो युथ क्लबमाथि ८–० गोलअन्तरको फराकिलो जित निकाल्न सफल भयो । जितसँगै पुलिसले ६ खेलबाट १३ अंक जोडेको छ । पराजित सातदोबाटो युथ क्लबको भने समान खेलबाट ६ अंक छ ।

यस्तै राष्ट्रिय महिला लिगमा विभागीय टिम एपीएफ क्लबले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको विभागीय डर्बीमा एपीएफले आर्मी क्लबमाथि २–१ गोलअन्तरको रोमाञ्चक जित निकालेको हो । खेलमा सुरुवाती अग्रता पनि एपीएफले नै लिएको थियो । खेलको २३औँ मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसपछि खेलको ३८औँ मिनेटमा कप्तान अनिता बस्नेतले गोल गर्दै एपीएफको अग्रता दोब्बर पारिन् ।

खेलको ८३औँ मिनेटमा आर्मीका लागि अमिषा कार्कीले गोल गर्दै अग्रता २–१ मा झारेकी थिइन् । तर, बाँकी समयमा गोल हुन नसकेपछि खेल एपीएफले २–१ गोलअन्तरले जितेको हो । जारी महिला लिगमा एपीएफ ८ खेलबाट २४ अंक जोड्दै प्लेअपमा पुगेको छ । समान खेलबाट १६ अंक जोडेको आर्मी पनि प्लेअपमा पुगेको छ । अब क्वालिफायर–१ मा एपीएफले आर्मी क्लबसँगै प्रतिस्पर्धा गर्नेछ ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img