Latest Posts

कोपमा वनकै कर्मचारी धेरै जना पठाएकोप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अजरवैजानको बाकुमा भएको जलवायुसम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आफ्नै कर्मचारी धेरै जना पठाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले यस्ता गलत प्रवृत्ति फेरि नदोहोर्‍याउन भन्दै मन्त्री र सचिवहरूलाई चेतावनी समेत दिएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठकमा प्रधानमन्त्री ओलीले कोपमा सहभागी हुन गएको टोलीमा वन मन्त्रालयकै कर्मचारी बढी गएको गुनासो आएको प्रसंग कोट्याएर सुशासनको पक्षमा सरकारको अडान रहेको बताएका हुन् ।

उनको सचिवालयका अनुसार बैठकमै प्रधानमन्त्री ओलीले वन मन्त्रालयले आवश्यकताभन्दा बढी कर्मचारी पठाएको सन्दर्भ उल्लेख गर्दै यस्ता गलत प्रवृत्ति दोहोरिन नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको प्राथमिकता रहेको भन्दै त्यसमा गम्भीर हुन निर्देशन दिए ।

बाकुमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा जम्बो टोली त्यहाँ पुगेको थियो ।

उक्त टोलीमा वनमन्त्री ऐनबहादुर शाही र सचिव दिपककुमार खरालसहित वन मन्त्रालयका कर्मचारीमात्रै दुई दर्जनभन्दा बढी रहेको भन्दै आलोचना भएको थियो भने त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न उठाएको छ ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img