Latest Posts

केन्द्रीय कमिटी बैठकअघि अध्यक्ष ओलीले आफ्नै निवासमा किन बोलाए छुट्टै बैठक ?

दसौँ महाधिवेशनपछि नेकपा एमाले को पहिलो सचिवालय बैठक आज बस्दै छ। चितवनमा भएको दसौँ महाधिवेशनपछि यो पहलिो बैठक हो । एमालेको सचिवालयमा १९ जना पदाधिकारी रहने व्यवस्था छ।

बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पार्टीको सचिवालय बैठक बस्न लागेको उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बताए।

बैठकमा केन्द्रीय कमिटीमा लैजाने एजेण्डाबारे प्रारम्भिक छलफल हुनेछ। सचिवालय बैठकपछि भक्तपुरमै बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक दिउँसो १ बजेलाई सारिएको नेम्वाङले जानकारी दिए।

केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमा १० औं महाधिवेशन सम्पन्न भए लगत्तै मंसिर १४ गते बसेको थियो। बैठकमा बाँकी मनोनित हुने १० प्रतिशत अर्थात ३१ जना केन्द्रीय सदस्यहरुको सपथ ग्रहण हुने छ।

महाधिवेशनको समीक्षा, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन तथा प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन गर्ने बैठकको कार्यसूची रहेको छ। एमालेको विधान अनुसार पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय हुने छ।

एमालेको माहाधिवेशन सम्पन्न भएको भए पनि जिल्ला र प्रदेशको अधिवेशन भएको छैन। आजको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण गर्ने छ। विधान सम्पादन र नियमावली संशोधन, बैठक संचालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियान पनि बैठकको कार्यसूचीमा छ।

एमालेका नेताहरुका अनुसार यसआघि ९ औं महाधिवेशनबाट स्थायी कमिटी चयन भएका नेताहरुलाई प्राथमिकतामा राखेर अध्यक्ष ओलीले नाम प्रस्ताव गर्ने छन्।

जसबाहेक पार्टीमा योगदान र क्रियाशीलताका आधारमा पनि केही नयाँ अनुहार चयन हुने ओली निकट नेताको भनाई छ। पोलिटब्युरोमा कम्तिमा पनि दुई कार्यकाल केन्द्रीय सदस्य भएका नेता छानिने एक नेताले बताए ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img