Latest Posts

कांग्रेस सभापतिमा रामचन्द्र पौडल नै किन ?

कांग्रेसको १४ औं महधिवेशनबाट नेतृत्व हात पार्नका लागि अहिले नेताहरुका बीचमा रस्साकस्सी चलिरहेको छ । सभापति पदका लागि वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा शेखर कोइराला दौडमा छन् ।

यीमध्ये देउवा समूहबाट देउवा र उपसभापति निधि दाबेदार हुन् । बाँकी बरिष्ठ नेता रामचन्द्र पौडेल समुहका आकांक्षी हुन् ।सभापतिका दाबेदारमध्ये बैचारिक क्षमता पौडेलसंग अधिक छ ।

कांग्रेसलाई बैचारिक रुपमा शक्तिशाली बनाउनका लागि कांग्रेसको सभापतिमा पौडेल नै उपयुक्त पात्र हुन् । बैचारिक रुपमा आम नागरिकका माझ कांग्रेसको नीति सिद्धान्त पु¥याउने क्षमता पौडेलले देखाएका छन् ।

उनको जति यो क्षमता अरु कुनै आकांक्षीमा देखिदैन । विपक्षी दलहरुसंगको बहसमा पनि पौडेल नै खरो उत्रने नेतामा पर्छन् । कम्युनिष्टहरुलाई त पौडेल बैचारिक रुपमा नै पछाडि पार्नुपर्छ भन्ने मान्यता राख्छन् ।

बैचारिक क्षामता मात्र होइन, तुलनात्मक रुपमा आचरणशील र नैतिकवान नेतृत्वका लागि पनि पौडेलले नै उपयुक्त छवि बनाएका छन् । उनी समकालीन नेताहरुमध्ये नेतृत्वमा नपुगेर पनि शेरबहादुर जतिकै शासन सत्ता उपयोग गर्ने मध्येमा पर्दछन् । तर उनको आचरणमा अहिलेसम्म प्रश्न उठेको छैन ।

बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी विचारलाई समयसन्दर्भ अनुसार आफ्नो बर्कतले भ्याएसम्म व्याख्या गर्न सक्ने समकालीन नेताहरुमध्ये पौडेल पनि एक हुन् । तुलनात्मक रुपमा सभापतिका बाँकी आकांक्षी उनका अगाडि यो हिसाबले फिका देखिन्छन् ।

क्रियाशीलता आधारमा पनि पौडेल अहिलेका सवै आकांक्षी भन्दा कम छैनन् । उमेरको हिसाबले पाको भएपनि पौडेल अझै पनि देशका कुनाकन्दराका जनतासंग संवाद गर्न पुग्ने नेतामध्ये पर्दछन् ।

पौडेल जनतस्तरबाट उठेका सरल नेता हुन् । २०१७ सालमा प्रजातन्त्र कु को विरोधसंगै राजनीतिमा प्रवेश गरेका पौडेल निम्नमध्यम वर्गिय परिवारबाट आएका नेता हुन् । यही कारण उनको स्वभाव सरल छ । नागरिक र कार्यकर्ताका लागि उनीसम्मको पहुँच सहज छ ।

कांग्रेस सभापति पदका आकांक्षीमध्ये वरिष्ठताका हिसाबले पौडेल सवैभन्दा बरिष्ठ नेता हुन् । कुनै समय पौडेल, शैलजा आचार्य, सुशील कोइराला र देउवालाई समकालीन नेता मानिन्थ्यो । यी मध्ये सुशील र शैलजा दिवंगत भइसके । यी दुईमध्ये सुशील कांग्रेसको सभापति र मुलुकको प्रधानमन्त्री भएर दिवंगत भए । तर निष्ठा, आर्दश र क्षमता भएर पनि आचार्यलाई नेतृत्वमा पुग्न दिइएन् ।

यो विषय इमान्दार कांग्रेस नेता, कार्याकर्ताले पछुतो मान्ने गरेका छन् । पौडेल बरिष्ठमा अग्रस्थानमा रहेपनि अहिलेसम्म नेतृत्वमा पुग्ने मौका पाएका छैनन् । कांग्रेसमा मात्र होइन अन्य पार्टीका उनका समकालीन नेताहरुलाई यो अवसर पटक पटक प्राप्त भइसक्यो । यस हिसाबले पनि नेतृत्वमा पौडेलको परीक्षण कांग्रेसका लागि अहिलेको आवश्यकता हो ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img