प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबारे छुद्र टिप्पणी गरेका छन्।
उनले एमाले अध्यक्ष ओलीको मिर्गौला लोकल ठर्रा (स्थानीयस्तरमा उत्पादित कोदोको रक्सी) पिएर फेल भएको भन्दै छुद्र टिप्पणी गरेका हुन्।
नेकपा एकीकृत प्रदेश १ कमिटीले इटहरीमा मंगलबार गरेको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा केही महिनाअघि मात्रै एमाले छाडेका राईले ओलीको मिर्गौलाबारे यस्तो टिप्पणी गरेका हुन्।
कुनै बेला एमालेमै रहेका नेता राधाकृष्ण मैनालीलाई उद्धृत गर्दै मुख्यमन्त्री राईले लोकल रक्सीसँग सितन र खाना नखाएका कारण पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको मिर्गौला फेल टिप्पणी गरेका हुन्।
केपी ओलीको मिर्गौला किन फेल भो भनेदेखि, हामी जेलबाट निस्किसकेपछि हामीसँग राम्रो जातको रक्सी खान पैसा थिएन।
राम्रो होटलमा गएर खाने पैसा पनि थिएन। हामी पाटनका गल्लीका छाप्रे होटलमा गएर सस्तो जातको ठर्रा नामक रक्सी खान्थ्यौँ, मैनालीको भनाइ उद्धृत गर्दै राईले भने, त्यस अवस्थामा मासु र तरकारी खाने पैसासमेत हामीसँग थिएन।
हामी रक्सी मात्रै खान्थ्यौँ। त्यो रक्सीको असरस्वरूप केपी ओलीको मिर्गौला फेल भएको हो भनेर राधाकृष्ण मैनालीले भन्नु भएको छ।वैचारिक नेताको परिचय पनि बताएका मुख्यमन्त्री राईले मैनालीको भनाइलाई अझै कार्यकर्तामाझ राखे।
म अलिकति बलियो बाङ्गो भएकाले, मैले चाहिँ पचाए। ऊ चाहिँ ज्यानमा पनि अलि रोगी बिरामी, बच्चामा पनि खान नपाएको भनेर राधाकृष्णले भन्नु भएको थियो, राईले अझै थपे, तर म आज यस्तो तर त्यस्तो मान्छेको अर्बौंको सम्पति, काठमाडौंमै दुई चारवटा घर। दैनिक अनलाइन न्युजबाट






