Latest Posts

देउवा सरकारका यी मन्त्री दलबलसहित सुुटुुक्क भारत छिरेपछि…

देउवा सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव एउटा बिहेमा सहभागी हुन दलबलसहित सुटुक्क भारततर्फ प्रस्थान गरेकी छन् । नेपालसँग सीमा जोडिएको बिहारको मोतिहारी जिल्लामा रहेको उनको माइती परिवारकै एक सदस्यको बिहेमा सहभागी हुन उनी विराटनगर हुँदै जोगवनी नाकाबाट गएकी हुन् ।

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री यादव मंसिर १८ गते विराटनगर पुगेर पार्टीको एउटा कार्यक्रममा सहभागी भएकी थिइन् ।

कार्यक्रम सकाएर उनी गाडीबाट भारत छिरेकी हुन् । उनको साथमा छोरा अभिषेक यादव पनि भारततर्फ गएका छन् । अभिषेक यादव प्रदेश २ का प्रदेशसभा सदस्य हुन् । अनलाइन मार्गबाट

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img