Latest Posts

यी ५ प्रकारका व्यक्तिलाई भूलेर पनि नबनाउनुहोस् साथी, हरेक पक्षमा गर्छन डाहा

मानिस भनेको एक सामाजिक प्राणी हो। ९ महिना आमाको पेटमा रही गर्भ बाट धर्तीमा पाइला टेके सँगै उ विभिन्न भूमिकामा परिभाषित हुन्छ । कसैको छोरा, छोरी, नाति नातिनी, भाइ बहिनी, आदि । त्यो व्यक्ति जब ठुलो हुँदै जान्छ, अनि रगत सँग कुनै साइनो नजोडिएकाहरू पनि उसको जिन्दगीमा जोडिन् आउँछ एक साथी बनेर।

साथीको सम्बन्धलाई एकदम पवित्र र मनको नाताको रूपमा बुझ्ने चलन छ। केही साथी यती फलदायी हुन्छन् जुन साथीको सङ्गत र उसले देखाएको बाटोका कारण निकै व्यक्ति सफल भएका छन्। उदाहरण यस्तो पनि पाइन्छ, कतिपय संगतकै कारण पतित भएर गएका छन्। त्यसैले जहिले पनि असल व्यक्तिको मात्रै संगत गर्नुपर्छ। यहाँ हामीले यस्ता पाँच प्रकारका व्यक्तिहरुको बारेमा जानकारी दिँदैछौँ, जस सँगको संगत तपाइँलाई कहिल्यै फलदायी हुँदैन।

१.सधैँ आफ्नै कुरा लाद्नेः साथी यस्तो हुनुपर्छ, जसले तपाइँलाई साथ देओस् । तपाइँको कुरा पनि सुनोस्, न कि हाकिमको जस्तो ब्यबहार गरोस्। हरेक कुरा आफ्नो मात्रै लाद्न खोज्ने साथी बनाउँदा तपाइँलाई जिन्दगीमा केही फाइदा हुँदैन, हुन्छ त केवल घाटा मात्रै ।

२. कुरा कुरामा अपमानित गर्नेः साथी साथीमा हाँसी मजाक त चलिरहन्छ । यस्तोमा कहिलेकाहीँ अनजानमा बोलिने कुरा र गरिने व्यवहारले चित्त दुख्न सक्छ, यो त सामान्य नै हो । तर, कसैले जिस्किएको बहानामा तपाइँलाई बारम्बार अपमानित गर्न खोज्छ भने त्यस्तो व्यक्तिसँगको संगत आजै छाडिदिनुस् । साथीको सम्बन्ध सम्मानमा हुन्छ, अपमानमा होइन ।

३.अफ्ठ्यारोमा साथ नदिनेः हामी सबैको साथमा आ आफ्नो जरुरी काम त हुन्छ नै, तर सच्चा साथीले आवश्यक पर्दा तपाइँलाई साथ दिनुपर्छ । कोही त्यस्तो व्यक्ति जो तपाइँलाई अति आवश्यक पर्दा पनि व्यस्त रहेको बहाना बनाएर साथ दिँदैन भने त्यस्तो साथीको संगत पनि छाडिदिनुस्।

४. स्वार्थीः केही यस्ता हुन्छन्, जो आफूलाई आवश्यक पर्दा मात्रै साथीलाई सम्झिन्छन्। काम नपर्दा वास्तासमेत नगर्नेहरु आफ्नो काम परेपछि चेपारे घस्दै जोडिन आउँछन् । होसियार ! यस्ता साथीहरु पनि तपाइँको साथको लायक छैनन् ।

५.डाह गर्नेः साथी त एकअर्काको सफलतामा खुसी हुनुपर्छ । यदि कोही त्यस्तो व्यक्ति जो अरुको सफलतामा जल्छ भने त्यो कसैको संगत लायक हुँदैन । यस्ता व्यक्तिले तपाइँलाई पनि कहिल्यै सफल हुन दिँदैनन् । त्यसलै यिनीहरुको संगत आजैबाट छाडिदिनुस् । अनि कतै तपाइँमा पनि यस्तो कुनै गलत स्वभाव त छैन ? यदि त्यस्तो हो भने, तपाइँ स्वयमलाई पनि यो फाइदाजनक नहुनसक्छ । समयमै सोच्नुहोला ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img