Latest Posts

तीन दिन विद्यालय बन्द गर्ने निर्णय (सूूचनासहित)

जनकपुर । जानकी मन्दिर दुलहीझैं सिंगारिएर झकिझकाउ बनाइएको छ । श्रद्धालुको चहलपहल बढेको छ ।

त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा धुमधामसँग विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।

विवाहमहोत्सवको अवसरमा प्रदेश २ सरकारले बुधबार सार्वजनिक बिदा पनि दिएको छ । गत वैशाखमा प्रदेश सरकारले विवाह पञ्चमीमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

मंगलबारदेखि बिहीबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए ।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाले पनि विवाह पञ्चमी महोत्सवको अवसरमा नगरपालिकाका सबै सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img