Latest Posts

डा.भीम रावलबिरुद्ध जितेर पनि हारे ओली !

राजनीतिमा जितको मात्रै होइन, हारको झनै महत्व हुन्छ भन्ने गरिन्छ । यस्तै अवस्था एमालेको अध्यक्ष पदका लागि भएको छ । हालै सम्मन्न महाधिवेशनमा केपी ओली जितेर पनि हारेजस्तो देखिएका छन् भने भीम रावल हारमा पनि सन्तुष्ट देखिएका छन् ।

प्रतिद्वन्द्वी भीम रावलसँग मतपरिणामका हिसावले झण्डै ८ गुणा बढी मत ल्याएर एमालेको अध्यक्षमापुनः निर्वाचित भएका केपी शर्मा ओलीनैतिक हार ब्यहोरेर काठमाडौँ फर्किदैछन् । चितवनको नारायणी किनारमा महाधिवेशनको उद्घाटन हुँदासम्म ओली आफुलाई सर्वस्वीकार्य र निर्विकल्प मानिरहेका थिए ।

पार्टीभित्र एकछत्र प्रभाव भएर पनि महाधिवेशन प्रतिनिधिको विवेकलाई नै बन्धक बनाउन खोजेपछि जाँदाको रापताप र ओजलाई नारायणीमा तिलाञ्जली दिएर ओली काठमाडौं फर्किन बाध्य बनेका हुन् ।यसलाई परिमाणतः ओली राजनीतिक विजयीमा अघि बढेपनि नैतिक हारका रुपमा विश्लेषण गरिएको छ ।

एमाले अध्यक्ष ओली आफु पार्टीभित्र विकल्पहिन रहेको भन्दै निर्विकल्प अध्यक्ष बनेर इतिहास बनाउन चाहन्थ्ये । यसका लागि अन्तिम समयसम्म पनि उनको प्रयास जारी रह्यो । अध्यक्षपछिका दुई महत्वपूर्ण पदमा आफुअनुकुल हुने गरिवरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेलसहित पदाधिकारीका अधिकांश पदमानिर्विरोध निर्वाचित बनाएका ओली आफैं चुनावी प्रतिस्पर्धामा जानु प¥यो ।

पूर्वउपाध्यक्ष भीम रावलले पूर्वनिर्धारित हारका बाबजुद पनि ओलीसँग चुनावी टक्कर लिएरै जाने अठोट लिएपछि रावलकै कारण ओलीको सर्वसम्मति असफल भयो भने चुनाव लड्नु प¥यो । बरु पार्टीभित्र ओली नै सर्वेसर्वा हो भन्ने अलोकतान्त्रिक प्रथालाई झापड हानेर कुनै व्यक्तिनिर्विकल्प हुनसक्दैन भन्ने मान्यता स्थापना गरेका रावलले नैतिक लडाइ जितेको विश्लेषण भइरहेका छन् ।

अध्यक्षका प्रत्यासीओली स्वयंले आफूलाई अध्यक्ष घोषणा गरेर नयाँ केन्द्रीय कमिटीको प्रस्ताव गरेका थिए । लोकतान्त्रिक अभ्यास हुँदाहुँदै उनले प्रयोग गरेको अतिरिक्त अभ्यास सफल हुन सकेन । भीम रावल, घनश्याम भुसाल, भीम आचार्य र टंक कार्की जस्ता आलोचकमात्रै होइन, ओलीको विकल्प छैन भन्दै विगतदेखि नै साथ दिएर आएका आशावादी नेताहरुसमेत टीममा नपरेपछि दुःखी बनेर फर्किए । वरिष्ठ उपाध्यक्षमापोखरेलाई अघि बढाएपछि सुवासचन्द्र नेम्वाङ रुष्ट भएर पनि सन्तुष्ट बन्ने बहाना खोजिरहेका छन् ।

महासचिवमा शंकरलाई अघि सारेपछि विष्णु पौडेल बाधात्मकरुपले भएर उपाध्यक्ष स्वीकारेका छन् ।नवौं महाधिवेशनमा उपाध्यक्ष लडेका लालबाबु पण्डित ओलीकोपदाधिकारीमा समेत नपरेपछि केन्द्रीय सदस्य पद नै अस्वीकार गरेर कार्यकारीको भूमिकाबाट विदा लिएको घोषणा गरेका छन् । संसदीय दलको मूख्य सचेतक भएर पनि केन्द्रीय कमिटीमा नअटेपछि विशाल भट्टराईको असन्तुष्टि पोखिन मात्रै बाँकी छ । प्रभु साह, रघुजी पन्त, विन्दा पाण्डे लगायतका नेताको असन्तुष्टि उत्तिकै देखिन्छ ।

सबैभन्दा ठुलो रटान ओलीले माधव नेपाल विभाजित बनिसकेपछि एमालेमा गुट अन्त्य भएको घोषणा गरेका थिए । तर चुनावमा आफै भीम रावलसहितका नेताहरुविरुद्ध मोर्चा कसेर अघि बढे, विपक्षीलाई भोट नहाल्नभन्दै पर्चा बढ्ने जस्तो आचारसंहिताविरोधी गतिविधि चलाए । पुनः संस्थागत गुट नै स्थापित भएपछि अब ओलीकाविरुद्ध रावल पार्टीमा प्रतिपक्ष भूमिका खेल्नेछन् ।

एकता र सर्वसम्मतिको महाधिवेशन भनेपनि ओलीको सर्वसम्मत अध्यक्ष बन्ने र नेतृत्वमा आफू अनुकूलका नेता चयन गर्ने चाहनाका कारण बन्दसत्र तीनदिन लम्बियो । असन्तुष्टिका हाँगाहरु झनै फैलिए । जसले आगामी दिनमा ओलीलाई एकलौटी निर्णय गर्न थप कठिन हुनेछ । हरुवाहरु एकभएर ओलीमाथि अवरोध गर्नेछन् । फलतः शक्तिशाली बन्ने ओली रणनीति चितवनबाट झन असफल बनेको छ ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img