Latest Posts

ओलीसँग अन्तिमसम्म किन भिडिरहे डा.भीम रावल ?

काठमाडौं । भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन।

अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।आखिर रावलले केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिने र चुनावमै भिड्ने अडान किन राखे त रु भन्ने जिज्ञासा पैदा भएका छन्। विगतमा माधव नेपाल निकट रावल ओली पार्टी अध्यक्ष भएपछि उनीसँग पनि निकट बने।

त्यतिबेला नेपाल पक्षले बोलाएका गुटगत छलफल, बैठक र रणनीतिमा पनि रावल सहभागी हुँदैनथे। गुटको भेलामा किन नआएको भनेर प्रश्न गर्ने नेपाल पक्षलाई रावलको जवाफ हुन्थ्यो, ‘महाधिवेशनमा गुट हुन्छन्। त्यसपछि जो नेतृत्वमा आउँछ, उसलाई सघाउनुपर्छ।’ मन जितेकै कारण ओली पहिलोपटक प्रधानमन्त्री हुँदा रावल उपप्रधान तथा रक्षामन्त्री बने।

२०७५ जेठ ३ मा माओवादीसँगको पार्टी एकतापछि भने रावल र ओलीबीच सम्बन्ध राम्रो बनेन। ९ औं महाधिवेशनबाट सर्वाधिक मत ल्याएर उपाध्यक्ष जितेका रावलले त्यतिबेलाको पार्टीको शक्तिशाली एवं कार्यकारी बोर्ड ९सचिवालय० मा नपरेपछि असन्तुष्टि जनाए।

कुनै बेला ओलीसँग यति धेरै तिक्तता बढेको थियो कि, पार्टीमा ‘ओली र रावल’ को भेट नै हुँदैन होला भन्नेसम्मका अनुमान हुन्थे। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img