Latest Posts

चियापत्ती र कागतीको यसरी गर्नुहोस् प्रयोग, खतम हुनेछ कपालको चायाँ

डैंड्रफ कपालको एक सामान्य समस्या हो । जाडो सुरु हुनुभन्दा अगाडि टाउकोमा चायाँको समस्या शुरु हुन्छ। टाउकोमा चायाँ पर्दा कपालबाट सेतो पापड जस्तो निक्लने गर्दछ। मानिसहरु चायाँबाट छुटकारा पाउनका लागी केमिकल वाला स्याम्फुको प्रयोग गर्दछन्। जसले उनीहरुलाई कुनै पनि फाइदा पुर्याउँदैन। बजारमा मिल्नेवाला स्याम्फु हरेक कसैलाई सुट गर्दैन।

आज हामी तपाईलाई चायाँको समस्याबाट मुक्ति पाउने यी घरेलु उपायको बारेमा बताउँन गइरहेका छौँ। जुन कुनै नोक्सान बिना नै कपालको चायाँ हटाउन मदत गर्छ । हामी तपाईलाई कागतीको यस्तो उपाय बताउन गइरहेका छौँ जसलाई अपनाएर तपाई चायाँको समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ।

चियापत्ती र कागतीः तपाईं चियापत्ती प्रयोग गरेर पनि डन्ड्रफको समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ। यसको लागि तपाईले एक प्यानमामा १ लिटर पानी लिनुपर्नेछ र २ चम्चा चियापत्ती र १ वा २ लेमन साना टुक्रा पार्नुहोस् र त्यसलाई पानीमा राख्नुहोस् र उमालेर बनाउनु पर्छ। यसलाई २ मिनेटसम्म पकाउनुहोस् । अब यो पानी चिसो हुन दिनुहोस् र आफ्नो टाउको यसैले धुनुहोस्। यो पानी टाउकोमा खन्याएर हातले राम्रोसँग मालिस गर्नुहोस् र १० मिनेटको लागि पानी टाउकोमा बस्न दिनुहोस्। यस पछि सादा पानीले टाउको धुनुहोस्। २ दिन भित्र तपाईको चायाँपनको समस्या हराउनेछ।

कागती र महको प्रयोगः यदि तपाईं डन्ड्रफ हटाउन चाहानुहुन्छ भने, एक कटौरामा ३ चम्चा मह लिनुहोस् र १ चम्चा कागती निचोड्नुहोस् र राम्रोसँग मिसाउनुहोस् र टाउकोको जरामा हेयरको मास्क जस्तो लगाउनुहोस् । यसलाई २० मिनेट बस्नदिनुहोस् र सादा पानीले टाउको धुनुहोस्। यस नुस्खालाई तीन पटक प्रयोग गर्दा डन्ड्रफको समस्याबाट राहत पाउनेछ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img