Latest Posts

अण्डाको बोक्राको पनि छ सोच्दै नसोचेका फाइदा, यसरी गर्न सकिन्छ प्रयोग

त्यसबाहेकः त्यसबाहेक अण्डाको बोक्रालाई सौन्दर्य प्रसाधनकै रुपमा प्रयोग गर्न सकिन्छ। हालै भएको एक अध्ययन अनुसार अन्डाको बोक्रा छालाको लागि एकदमै लाभदायक हुन्छ। अन्डाको बोक्रामा उपस्थित प्राकृतिक एसिडले छालालाई सफा राख्ने एवं चम्किलो बनाउने गुण हुन्छ। कसरी प्रयोग गर्ने ? अन्डाको बोक्रालाई मसिनो हुनेगरी पिसेर पाउडर बनाउने । यसरी तयार गरेको पाउडरलाई आवश्यक्ता अनुसर कहिले कागती त कहिले मह मिसाएर प्रयोग गर्न सकिन्छ । यसलाई जुन चिजसँग मिश्रण गरिन्छ, त्यही अनुसारको नतिजा हासिल हुन्छ ।

अण्डाको अनेक गुण छन् । यो आफैमा स्वादिलो परिकार हो । अण्डालाई अन्य परिकारमा पनि सामेल गर्न सकिन्छ । त्यस्तै यसलाई सौन्दर्य प्रसाधनको रुपमा समेत प्रयोग गरिन्छ। केसलाई मुलायम बनाउनेदेखि छालालाई चम्किलो बनाउनसम्म अण्डा उपयोगी मानिन्छ । अण्डा प्रयोग गरेपछि त्यसको बोक्रा के गर्ने ? यसको पनि अनेक काइदा छन्। अण्डाको बोक्रालाई मलखाँदको रुपमा फूल तथा तरकारीमा हाल्न सकिन्छ । त्यसबाहेक रंग लगाएर सजावटको सामग्री पनि बनाए हुन्छ।

अनुहार चम्किलो र जवान देखाउँछः अन्डाको बोक्राको पाउडरमा कागती र मह मिसाएर एक गाढा पेस्ट बनाउनेअन्डाको बोक्राको मास्क बिस्तारै अनुहारमा लगाउने । केहि समयपछि सफा पानीले धुने । यसले अनुहारको छालाको रोम छिद्र खुल्छ र सफा हुन्छ । त्यस्तै उक्त पाउडरमा मह र बेसन मिसाउने । यस माक्स अनुहारमा राम्ररी लगाएर १५ मिनेटसम्म त्यतीकै छाड्ने। त्यसपछि सफा पानीले धुनुपर्छ । हप्तामा तीन पटकसम्म यो अभ्यास गर्नुहोस् । अनुहार जवान र चम्किलो हुन्छ।

के हुन्छ प्रभावः अन्डाको बोक्रामा प्राकृतिक प्रोटिन र भिटामिन्स हुन्छ । यसले छालालाई जवान र चमकदार बनाउँछ। बुढ्यौलीको संकेत मेट्छः शोधका अनुसार ति महिला, जसको उमेर ३० बर्ष नाघेको छ, उनीहरुले अन्डाको बोक्रालाई आफ्नो सौन्दर्य दिनचर्यामा सामेल गर्नुपर्छ। अन्डाको बोक्राको पाउडर तीन-चार चम्चा लिने र यसमा दही मिसाउने। उक्त मिश्रणमा एक चुड्की बेसार मिसाउने र यो पेस्टलाई अनुहारमा लगाउने । २० मिनेटपछि सफा पानीले धुनुपर्छ । यो माक्सको प्रयोगले तपाईमा बुढ्यौलीको संकेत देखा पर्दैन।

आँखा मुनीको रुखो छालाको उपचारः यदि तपाईको आँखाको तलको छाला सुख्खा छ भने त्यसलाई पूर्नजीवित गर्नका लागि अन्डाको बोक्राको प्रयोग गर्नुपर्छ । २-४ चम्चा अन्डाको बोक्राको पाउडर लिने । त्यसमा मह मिसाउने। दुबैलाई राम्ररी मिसाउने र गोलाकार बनाएर आँखाको आसपासमा मसा जगर्ने। प्रत्येक दिन सुत्नुअघि यहि विधी दोहोर्‍यामउने । यसरी छालालाई कोमल बनाउँछः अन्डाको बोक्राको पाउडरमा घिउकुमारीमो जेल मिसाउने। यस माक्स अनुहारमा लगाएर सफा पानीले धुनुपर्छ । हप्तामा दुई पटक यो विधी अपनाउँदा छाला कोमल हुन्छ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img