Latest Posts

२१ महिनापछि मैदान फर्कँदा भावुक बने विमल

२०७६ को मंसिरमा नेपालले फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्दै थियो।

खेल घरेलु मैदानमा हुने तय भए पनि नेपालको एक मात्र अन्तर्राष्ट्रिय मापदण्डको दशरथ रंगशाला पूर्णरूपमा पुन:निर्माण भइसकेको थिएन। जसका कारण नेपालको ‘होम म्याच’ भुटानमा हुने भएको थियो। 

भुटान जानुअघि राष्ट्रिय टिममा हलचल मच्चियो। चार खेलाडी राष्ट्रिय टिमबाट हटाइए। 

नियमविपरित एन्फा होस्टलबाट ‘नाइट क्लब’मा गएको भन्दै फरवार्ड विमल घर्तीमगर, मिडफिल्डरद्वय अञ्जन विष्ट र सन्तोष तामाङ तथा डिफेन्डर दिनेश राजवंशीलाई तत्काल राष्ट्रिय टिमबाट हटाएको थियो। 

उनीहरूले कुवेतविरूद्धको खेल त गुमाए नै घरेलु मैदानमा तय १३औं दक्षिण एसियाली खेलकुद (साग) पनि खेल्न पाएनन्। सागको टिममा सन्तोष भने समावेश थिएनन्। त्यसपछि एन्फाले छानविन गर्दै विमल  र दिनेशलाई तीन महिना निलम्बन गरेको थियो। अन्जन र सन्तोषलाई ४५ दिन निलम्बन गर्ने निर्णय गरिएको थियो।

जसका कारण विमल र दिनेशलेले २०७६ को ए डिभिजन लिगको अधिकांस खेल गुमाएका थिए।

विमलले भने सो सिजनको अन्तिम खेल खेल्ने मौका। विमलले अन्तिम खेल मछिन्द्रबाट खेल्दै उपाधि उचाल्ने अवसर पाएका थिए।

त्यसपछि कोरोना भाइरसले फुटबल ठप्प भयो। लिगसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता रद्द र स्थगित भए।

राष्ट्रिय टिमबाट बाहिरिएको एक वर्षपछि विमल गत वर्षपछि प्रारम्भिक टिममा परेका थिए।

नेपाली टिमका तत्कालिन कार्यबहाक प्रशिक्षक बालगोपाल महर्जनले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका थिए। सोहि ५८ जनामा पर्दै विमल एक वर्षपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका थिए। 

बन्द प्रशिक्षण विमलका लागि सुखद् हुन सकेन। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास गर्ने क्रममा उनको घुँडामा गम्भीर चोट लाग्यो। लिगामेन्ट च्याँतिदा उनको शल्यक्रिया गर्नु पर्ने भयो।  जसका कारण विमलको राष्ट्रिय टिममा फर्कने लक्ष्य पछि धकेलिएको थियो।

एन्फाको पहलमा विमल गत माघमा उपचारका लागि कतार गएका थिए। उनको दोहास्थित एस्पटर अस्पतालमा शल्यक्रिया गरिएको थियो। एप्सटर अर्थोपेडिक र स्पोर्टस् मेडिसिनको लागि विशेष अस्पताल हो।

शल्यक्रिया सफल भएपछि विमलले नयाँ जीवनको सुरूवात गर्ने बताएका थिए। 

‘सायद आज मैले गरेको गल्तीको सजाय पाउँदैछु। प्रतिस्पर्धाको समयमा म केही समयको लागि अड्किएको छु। तर हिम्मत हारेको छैन मैले नयाँ खेल जीवनको सुरुवात गर्नेछु। जुन माया विश्वास र साथ पाएको थिए, त्यो फेरी पाउँनेछु,’ विमलको भनाइ थियो।

२०७६ को लिग मच्छिन्द्रले जित्दा अन्तिम खेल खेलेका विमलले यस सिजनका लागि पनि मच्छिन्द्रसँगै सम्झौता गरे।

सिजनको पहिलो खेलको पहिलो रोजाइमा  खेल्ने अवसर भने पाएनन्। मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले सायद जोखिम मोल्न चाहेनन्। नाम चालेका खेलाडीले भरिपूर्ण मछिन्द्रले सोमबार एनआरटीविरुद्धको खेलमा मनिष डाँगी र विमल घर्तिमगरलाई बेञ्चमा राखेको थियो।

सुनील बल र अभिषेक रिजाललाई पहिलो रोजाइमा खेलाउँदै सुरुवातैमा गोल समेत निकाल्न सफल भएको थियो।

प्रतिस्पर्धात्मक खेलमा सुनीलले दुई गोल गर्दा मछिन्द्रले खेल २-१ ले जित्न सफल भयो। 

खेलमा विमल दोस्रो हाफमा मैदान छिरेका थिए। अभिषेकको स्थानमा मैदान प्रवेश गरेका विमलको रूप फरक थियो। कपाल ‘सिल्भर’ पारेका विमल मैदान छिर्दा दशरथ रंगशालामा उपस्थित दर्शकले ताली बजाएर स्वागत गरेका थिए। 

यो खेल विमलले २१ महिनापछि खेलेको प्रतिस्पर्धामा खेल हो। उनले पछिल्लो पटक २०७६ फागुनमा मछिन्द्रबाट खेलेका थिए।

दुई वर्षपछि मैदान फर्किएका विमल आफू पनि भावुक बने। ‘लामो समयपछि मैदान फर्कदाको अनुभव सायदै शब्दमा बयान गर्न सकौला। यो समयका लागि हौसला, साथ र विश्वास बनाइराख्नु भएकोमा सबैलाई आभार व्यक्त गर्दछु’ विमलको भनाइ छ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img