Latest Posts

के नेपाल ‘असफल देश’ बन्दैछ

दलहरूमा टुट-फुट, विभाजनको पुरानै रोग । संविधान र संसदीय पद्धति उल्लंघनका पुरानै कहानी । असमयमै सरकार गठन-विघटनका पुरानै घटना । भ्रष्टाचार र दण्डहीनताको उस्तै निरन्तरता । चुलिंदो नागरिक असन्तुष्टि । राष्ट्रिय ऋणको बढ्दो आँकडा । न्यायालयको ‘भण्डाफोर’ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका ताजा परिदृश्य हुन्, यी । यस्ता परिदृश्यले स्वाभाविक रूपमा प्रश्न उठाउँछ- देश कता जाँदैछ ? के नेपाल ‘असफल देश’ बन्दैछ ?

परिदृश्यमा एकथरी मानिस निराश देखिन्छन् । उनीहरू ‘सतीले सरापेको देश’ को भाकामा कुरा गर्छन् । नेपाल कुनै दिन समुन्नत र गर्व गर्न लायक देश बन्छ भन्ने कुरामा यिनीहरूको पटक्कै विश्वास छैन । यिनीहरूका लागि नेपाल आज, भोलि र सधैंभरि नै ‘असफल देश’ हो ।

केही मानिस ‘सनातनी’ देखिन्छन् । मनभित्र असन्तुष्टि भए पनि यिनीहरू हिजोभन्दा आज कता हो कता राम्रो छ भनेर चित्त बुझाउँछन् । अहिलेकै भद्रगोलमा आफ्नो स्थान ‘सुरक्षित’ गर्न दौडधूप गरिरहन्छन् । देश सफल हुँदैछ वा असफल, यतातिर सोच्ने ‘फुर्सद’ यिनीहरूलाई छैन ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img