गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा बागमती सरकारले ७० प्रतिशत बजेट दिने

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा बागमती सरकारले ७० प्रतिशत बजेट दिने

गौतमबुद्ध क्रिकेट  रंगशाला बनाउनका निम्ति बागमती सरकारले ७० प्रतिशत बजेट उपलब्ध गराउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैडकले रंगशाला निर्माणको ७० प्रतिशत खर्च व्यहोर्ने निर्णय गरेको हो ।

यसअघि संघीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएको थियो । यो सहमतिले महानगर र प्रदेश सरकारको सहकार्यमा रंगशाला निर्माणको बाटो खुलेको थियो ।

रं‍गशाला राष्ट्रिय गौरवको आयोजनाका साथै लिज ऐनअन्तर्गत रंगशालाले जग्गा लिनुपर्ने  हुँदा संघीय मन्त्रिपरिषद्को  निर्णय अनिवार्य थियो ।

त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भरतपुर महानगरपालिकाले जग्गाको सम्झौता गरी रंगशालाको काम अघि बढाउन लागिएको छ  । प्रदेश सरकारले पहिलो चरणमा भरतपुर महानगरलाइ ७५ करोड रुपैयाँ बराबरको रकम उपलब्ध गराउने छ । रकम अभाव भएको अवस्थामा संघीय सरकारबाट अनुदान लिएर महागरपालिकाको बजेट थप गर्ने तयारी छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनले १९ करोड रुपैयाँ ऋण लागेको भन्दै दुई वर्षअघि निर्माण कार्य ठप्प पारेसँगै यस परियोजना अलपत्र बनेको थियो ।

Clickpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *