बेलायती राजा चार्ल्सलाइ क्यान्सर

बेलायती राजा चार्ल्सलाइ क्यान्सर

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको छ ।  राजाको क्यान्सर पुष्टी गरेको बकिंघम प्यालेसले कुन भागमा क्यान्सर भएकोबारे केही खुलाएको छैन।

७५ वर्षीय चार्ल्स क्यान्सर पुष्टी भएसँगै  सोमबारदेखि चिकित्सकको निगरानीमा छन् । आफु छिट्टै स्वस्थ हुनेमा विश्वस्त रहेको उनले बताएका छन् ।  ‘उहाँ पूर्ण रुपमा ठीक भएर सार्वजनिक जिम्मेवारीमा छिट्टै फर्किनेमा विश्वस्त हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

क्यान्सरको उपचारका कारण राजा सम्पूर्ण सार्वजनिक दायित्वबाट पर रहेको बीबीसीले उल्लेख गरेको छ । चार्ल्सले  संवैधानिक जिम्मेवारी भने निर्वाह गर्नेछन् ।

बेलायतका राष्ट्रप्रमुख चार्ल्स सेरोमोनियल भुमिकामा छन् । राजाले संवैधानिक जिम्मेवारी समेत निर्वाह गर्न नसक्ने परिस्थितिमा राज्यका सल्लाहकारबाट त्यस्ता दायित्व गराउने व्यवस्था रहेको छ ।

राज्यका सल्लाहकारमा राजपरिवारका सदस्य नै हुन्छन् । राज्यका सल्लाहकारमा रानी क्यामिला, राजकुमार विलियम, राजकुमार ह्यारी, राजकुमारी बिट्रिस, राजकुमारी एनन्नी र राजकुमार एडवार्ड छन्  ।

Clickpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *