काण्डै काण्डमा फसेका रवि पक्राउको डरले ठूला भ्रष्टाचारमा मौन : सिके राउत

काण्डै काण्डमा फसेका रवि पक्राउको डरले ठूला भ्रष्टाचारमा मौन :  सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पक्राउ पर्ने डरले पुराना दलको विरोध नगरेको आरोप लगाएका छन् ।

केन्द्रिय समितिमा पेश गरेको प्रतिवेदनमा उनले रास्वापाका सभापति लामिछानेप्रति यस्तो आरोप लगाएका हुन् । नागरिकता, राहदानी, सहकारी लगायत विभिन्न काण्डमा लामिछाने परेकाले उनमा जुनसुकैबेला पक्राउ परिने भय रहेको बताएका हुन् ।

‘राज्यको वा पुराना पार्टीको विरोधमा गए ती मुद्दाहरुलाई समातेर जतिखेर पनि पक्राउ गर्ने र जेल हाल्ने प्रबल सम्भावना छ, जसका कारणले पनि पछिल्लो समयमा देशका ठूला भ्रष्टाचारका काण्डमा रास्वपा मौनधारण गरेर बस्नुपरेको छ। रास्वपाको नेतृत्व पछिल्लो समयमा पासपोर्ट काण्ड, अडियो प्रकरण, सहकारी काण्ड जस्तामा निरन्तर मुछिँदा यसको नेतृत्व पुराना पार्टीको चक्रव्युह र घेरामा परिसकेको अवस्था छ,’ राउतको प्रतिवेदनमा उल्लेख छ ।

रास्वपाले ११ लाख समानुपातिक मतको सदुपयोग गर्न नसकेको उनले बताएका छन् । रास्वपा सभापति रविमा प्रधानमन्त्री बन्ने चाहना मात्रै रहेको राउतको टिप्पणी छ । रास्वापासँग कुनै राजनीतिक दर्शन, आर्थिक नीति र विकासे योजना नभएको उनको भनाइ छ  । रास्वपाले मधेसी, आदिवासी, मुस्लिम, थारु सहितका सीमान्तकृत वर्गको मुद्दा सम्बोधन गर्न नसक्ने राउतको जिकिर छ । ‘नागरिकता विधेयकको विरोध, संघीयता र प्रदेशको विरोध, मधेसकेन्द्रित दल र नेताको विरोध गर्ने यो पार्टी लोकप्रियतावादबाट बढी निर्देशित छ,’ प्रतिवेदनमा भनिएको छ ।

 

Clickpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *