निर्वाचन आयोगले थाल्यो उपनिर्वाचन तयारी, मतदाता नामावली दर्ताको आह्वान

निर्वाचन आयोगले थाल्यो उपनिर्वाचन तयारी, मतदाता नामावली दर्ताको आह्वान

निर्वाचन आयोगले तीनै तहमा रिक्त स्थानमा उपनिर्वाचनको तयारी थालेको छ। २०७९ वैशाखमा स्थानीय तह निर्वाचन तथा मंसिरमा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनपछि रिक्त पदमा आयोगले उपनिर्वाचन गर्ने तयारी गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

स्‍थानीय, प्रतिनिधि र प्रदेश सभामा २३ पद रिक्त छन्। इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ को प्रदेश सभा १ मा प्रदेश सभा सदस्य पद रिक्त छ।

रिक्त  ठाउँमा पदपूर्तिका लागि  मिति तोक्ने विषयमा आयोगले  सरकारसँग परामर्श गरिरहेको छ । आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि भने आव्हान गरिसकेको छ ।

 

Clickpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *