व्यवस्थाविरोधी मतको प्रतिवाद गर्न सांसदलाइ प्रधानमन्त्रीको निर्देशन

व्यवस्थाविरोधी मतको प्रतिवाद गर्न सांसदलाइ प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थाविरोधी मतको वैचारिक प्रतिवाद गर्न नेकपा माओवादी केन्द्रका सांसदलाइ निर्देशन दिएका छन् । सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । , ‘यो व्यवस्था हामीले ल्याएको हो। यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो। त्यसैले व्यवस्था विरोधी मतका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुहोस्,’ उनको भनाइ थियो ।

उनल संसदमा जनताका पक्षमा दरिलो भूमिका खेल्न  पनि पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्। ‘तपाईंहरू राम्रो तयारीका साथ संसदमा प्रस्तुत हुनूहोस्। सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनूहोस्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोशिस गरिएको छ। सरकारले राम्रा काम गरेका छन्। यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नूहोस् ।’

आगामी आर्थिक वर्षको बजेट परिणामुखी बनाउनेगरी सरकारले काम गरिरहेको जानकारी उलने दिएका छन् । तीन करोडभन्दा साना योजनाहरु सिधै तल्लो तहमा पठाइने उनको भनाइ छ । नीति तथा कार्यक्रममा बढी भन्दा बढी जनताका भावना समेटिने उनले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धि विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने उल्लेख बताए । ‘सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुंग्याउँदा सबैको हितमा हुन्छ। सोही प्रक्रियामा जाने तयारी छ,’ उनको भनाइ थियो ।

Clickpati

Leave a Reply

Your email address will not be published. Required fields are marked *