Latest Posts

मुगुका आगलागी पीडितलाई प्रदेश सरकारले राहत दिने

३० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगु सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगरबार एक विज्ञप्ति जारी गर्दै क्षतिको विवरण संकलनपछि प्रदेश सरकारले तत्काल राहत प्याकेजको घोषणा गर्ने बताएका हुन् ।

‘तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छु, स्थानीय प्रशासनको सिफारिसको आधारमा प्रदेश सरकारले तत्कालै राहत प्याकेज घोषणा गर्ने जानकारी गराउँदछु,’ मुख्यमन्त्री शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अहिले स्थानीय प्रशासनले क्षतिको विवरण संकलन सुरु गरिरहेको छ । सोमबार राति गमगढी बजारमा आगलागी हुँदा १८ घर र तीनवटा घुम्ती पसल जलेका छन् ।

spot_img
spot_img
spot_img

Latest Posts

spot_img

FOLLOW US

39,369FansLike
12,689FollowersFollow
2,458FollowersFollow
66,000SubscribersSubscribe
spot_img